arrow

धनुषाका एक सय ९४ मतदानस्थल अतिसंवेदनशील

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
cdo-dhanusha.jpg

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका एक सय ९४ मतदानस्थल अतिसंवेदनशील रहेको जनाएको छ ।

जिल्लामा रहेका तीन सय २२ मतदानस्थलमध्ये एक सय ९४ अति अतिसंवेदनशील, एक सय छ ओटा संवेदनशील र २२ ओटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ । जिल्लामा मतदान केन्द्रको सङ्ख्या छ सय ४५ छ ।

खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताएका छन्।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदानस्थलको मंगलबार पनि अनुगमन गरिएको छ ।

नेपाल-भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।

मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार पाँच सय ७१ जना मतदाता छ ।

जसमा पुरुष दुई लाख ७६ हजार एक सय २६ जना, महिला दुई लाख ३८ हजार चार सय ३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् ।

सो निर्वाचनमा छ हजार पाँच सय कर्मचारी खटिनेछ । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार ओटा निर्वाचन क्षेत्रमा एक सय ४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेद्वार छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ