जनकपुर । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने भएको छ ।
हिजो गिरिजास्थानबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरू महोत्तरीको मटिहानी पुगेर विश्राम गरेका थिए ।
उनीहरू आज बिहानै जलेश्वरका लागि निस्किएका छन् । जलेश्वरमा परिक्रमा यात्रुका लागि प्रत्येक वर्ष जस्तै विशेष स्वागतको तयारी गरिएको छ ।
जलेश्वरमा रात्री विश्राम गरेर शनिबार मडई, सातौँ दिन १० गते ध्रुव कुण्ड, आठौँ दिन ११ गते कंचनवन, नवौँ दिन १२ गते पर्वता, १०ओँ दिन १३ गते धनुषाधाम, ११औँ दिन १४ गते सत्तोषर, १२औँ दिन १५ गते औरही, १२औँ दिन १६ गते करुणा, १४औँ दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट १५औँ दिन १८ गते जनकपुरधाम आइपुग्नेछ ।
अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा समाप्त हुनेछ ।
मिथिलाको महाकुम्भ भनेर चिनिने धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब एक सय ३३ किलोमिटर यात्रा सहभागीले तय गर्छन ।
परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ ।
परिक्रमामा लाखौँ श्रद्धालुभक्तजनको सहभागिता हुन्छ ।