arrow

धनुषामा बसले ठक्करपछि ब्याक गरि किच्यो वडा सचिवलाई, घटनास्‍थलमै मृत्यु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
accident1.jpg

जनकपुरधाम । धनुषामा बसले किचेर एक वडा सचिवको मृत्यु भएको छ । शुक्रबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सपही चौकमा जनकपुर ढल्केवर सडकखण्डमा बसले किचेका वडा सचिवको घटनास्‍थलमै मृत्यु भएको हो ।

सपही स्थित रहेको हनुमान मन्दिर र त्यहाँ नयाँ बन्दै गरेको पूलको डाइसर्भन स्थित साईकलमा सवार वडा सचिव यादवलाई पछाडिबाट बसले ठक्कर दिएको थियो । जनकपुर–सर्लाही चल्ने ना ४ ख १०६९ नम्बरको यात्रुबाहक बसले यादवलाई बिहान करिब १० बजे ठक्कर दिएपछि वडासचिव यादव लडेका थिए । लडेपछि पनि उनलाई बसले ब्याक गरी किचिदिएको स्थानीयहरुले बताएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ अइगलेश्वा बस्ने अन्दाजी ५० वर्षीय वडासचिव शिवचन्द्र यादवको बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा का अनुसार, जनकपुर आउँदै गरेको सो बस त्यतिबेला बसका खलासी चलाउँदै थिए ।  बस र बसको चालकलाई  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको वडा प्रहरी कार्यालय मुलेलियामा नियन्त्रणमा लिएका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ