arrow

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतो

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ ११ आइतबार
obc-mahasava.jpg

जनकपुरधाम । पिछडावर्ग (ओबीसी) महासभाको राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष पदमा रामकुमार महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

जनकपुरधाममा शनिबारदेखि चलिरहेको पिछडावर्ग ओबीसीको महाधिवेशनबाट आइतबार राष्ट्रिय अध्यक्षमा महतोसहित ४१ जना नयाँ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित नयाँ कार्य समितिमा अध्यक्ष एक जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सह-महासचिव २ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सह-कोषाध्यक्ष एक जना रहेका छन्।

यस्तै महिला सदस्य १० जना र पुरुष सदस्य १८ जना गरि ४१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत कालेश्वर महतोले आइतबार प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ