arrow

टेलिकमको फोरजी विस्तारमा भइरहेको ढिलाइप्रति संसदको चासो

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
nepal-telecom-4G.jpg

काठमाडौं। नेपाल टेलिकमले गर्न लागेको फोरजी सेवा विस्तारमा भएको ढिलाईप्रति संसदले चासो देखाएको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाईप्रति चासो देखाउँदै ढिलाई हुनुको कारण सोधेको हो।

शुक्रबार बसेको समितिको बैठकले फोरजी सेवा समयमै विस्तार नहुनुको कारण एक हप्ता भित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको हो। समितिकी सभापति कल्याणी कुमारी खडकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई फोरजी विस्तारमा भइरहेको ढिलाईको कारण एक हप्ता भित्र जानकारी गराउन निर्देशन दिएकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ