माग पुरा गर्न नेपाल टेलिकम ब्यवस्थापकलाई युनियनको दवाव
प्रकाशित २०७६ माघ २२ बुधबार
729
Shares
काठमाडौं। कम्पनीको संवृद्धि, कर्मचारी बृद्धिविकास, ट्रेड युनियन अधिकार लगायतका बिषयमा लगातार ध्यानाकर्षण गराउदाँ पनि नेपाल दुरसञ्चार कम्पनी लिमिडेडको ब्यवस्थापक तथा संचालक समितिले अलमल्याएको भन्दै नेपाल टेलिकम वर्कर्स युनियनले तुरुन्त माग पुरा गर्न पुन : दवाव दिएको छ।
ध्यानाकर्षण मार्फत उठान गरिएका बिषयहरु उपर सरोकारवाल युनियनसग ठोस संवाद गरिनुको सट्टा परम्परागत रुपमै माग संवोधन गरिनेछ, हुनेछ, प्रकृयामा रहेको जस्ता शब्दावली प्रयोग गरेर अलमलाएको आरोप युनियनका महासचिव महेश्वर खड्काद्धारा जारी बिज्ञप्तीमा लगाइएको छ।
अनौपचारिक छलफलमा समेत आवश्यक विषयहरु मुर्त रुपमा आउन सकेका छैनन्। युनियनले उठान गरेका विषयहरु केवल जवाफका लागि नभई तत्काल सम्बोधन हुने वातावरण बनाउन समेत माग गरेको छ।
हामी संवाद, सहमति र सहकार्यको पक्षमा रहेपनि ब्यवस्थापन गम्भिर नहुदाँ माघ १७ गते सार्वजनिक गरेका बिरोधका कार्यक्रम यथावत रहेको समेत जनाएको छ।