arrow

युरोकप छनोटका १० खेलमा ३९ गोल, वेल्ससहित यी टिम छानिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर ४ बुधबार
germany8.jpg

काठमाडौं । युरोकप छनोट फुटबलमा मंगलबार राति १० खेल भएका छन् । बुधबार बिहान सम्पन्न भएका खेलमा ३९ गोल भएको छ । वेल्स भाग्यमानी सावित भएको छ । 

हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्स युरोकपमा छनोट भएको हो । वेल्सलाई युरोकपमा छनोट हुन यो खेल जित्नैपर्ने दबाब थियो ।

सो खेलमा आरोन राम्सीले दुई गोल गर्दै वेल्सलाई अर्को बर्ष हुने प्रतियोगितामा छनोट गराएका हुन् । 

समूह ईको खेलमा वेल्स ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहेर छनोट भएको हो । यो समूहको शीर्ष स्थानको क्रोएसिया १७ अंकसहित युरोकपमा छानियो । 

बुधबार बिहानको यो समूहको अर्को खेलमा स्लोभाकियाले अजरबैजानलाई २–० गोल अन्तरले हरायो । स्लोभाकियाको १३अंक रहेर बाहिरियो । हंगेरीको १२ र अजरबैजानको १ अंक रह्यो । 

समूह सी को खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले हरायो । सर्जी गन्ब्रीले ह्याट्रिक गरे । 

त्यस्तै यही समूहको अर्को खेलमा नेदरल्याण्डले इस्टोनियालाई ५–० गोल अन्तरले हरायो । जर्जिनियो विज्नाल्डमले ह्याट्रिक गरे । 

यो समूहबाट जर्मनी २१ अंकसहित र नेदरल्याण्ड १९ अंकसहित छनोट भयो । नर्दन आयरल्याण्ड १३ अंक, बेलारुस ४ अंक र इस्टोनिया १ अंकमा रहेर छनोट सकायो । 

समूह आईबाट बेल्जियम र रुस छानिएका छन् । सतप्रतिशत खेलेको बेल्जियम ३० अंक, रुस २४ अंक, स्कटल्याण्ड १५ अंक, साइप्रस र काजखस्तान १०–१० अंक र सानमारिनो अंकविहीन भयो । 

बुधबार बिहान सम्पन्न खेलमा बेल्जियमले साइप्रसलाई ६–१ गोल अन्तरले हरायो । केभिन डे ब्रुनेले २ गोल गरे । रुसले सान मारिनोलाई ५–० गोल अन्तरले हरायो । स्कटल्याण्डले काजखस्तानलाई ३–१ गोल अन्तरले हरायो । 

समूह जीको खेलमा बुधबार बिहान नर्थ म्यासेडोनियाले इजरेललाई १–० अन्तरले, लात्भियाले अष्ट्रियालाई १–० अन्तरले र पोल्यान्डले स्लोभेनियालाई ३–२ अन्तरले हरायो । 

यो समूहबाट पोल्यान्ड २५ र अष्ट्रिय १९ अंकबाट युरोकपमा छानिँदा अरु टिम बाहिरिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ