नगरप्रमुखलाई अपशब्द बोलेको आरोपमा टेलिकमका गाडी चालक पक्राउ
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
870
Shares
वीरगन्ज । वीरगन्ज महानगरपालिका नगर प्रमुखलाई अपशब्द बोलेको आरोपमा टेलिकमका गाडी चालक पक्राउ परेका छन् ।
वीरगन्ज महानगर वार्ड नम्बर १५ भिषवा निवासी केदार तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । नेपाल टेलिकमका सवारी चालक समेत रहेका तिवारीलाई प्रहरीले सार्वजनिक अपराधको अभियोग लगाइएको छ ।
गत आश्विन २६ गते सार्वजनीक स्थल घन्टाघरमा नगर प्रमुख वीजय कुमार सरावगीलाई अपशब्द प्रयोग गर्दै तथानाम गाली गलौज गरेका आरोपमा तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
उनले गरेको गाली बेइज्जती रंजीत चौरसिया जोर्नलिष्ट फेसबुक प्रोफाइलबाट डाउनलोड गरिए नगर प्रमुखलाई निराधार बदनाम गराउनुको साथै गालीबेइजती समेत गर्ने कार्य भएको आरोपमा तिवारीलाई पक्राउ गरी आवश्यक कार्यवाहि अगाडि बढाएको प्रहरीले जनाएको छ ।