माग पूरा गरी एकतावद्ध भइ अगाडि बढ्न एनटीसीडब्लुयुको टेलिकमलाई आग्रह
प्रकाशित २०७५ माघ ३ बिहिबार
333
Shares
काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियन एनटीसीडब्लुयुले नेपाल टेलिकमलाई विभिन्न चुनौतीहरुलाई एकतावद्ध भई सामना गर्न आग्रह गरेको छ ।
युनियनले टेलिकममा कार्यरत जनशक्तिको उच्च मनोवल एवं वृत्ति विकासको अवसरको सुनिश्चितता प्रमुख सर्त हो भन्ने विषयमा विमति हुन सक्दैन भन्दै मिलेर नै अगाडि बढ्नेमा विश्वस्त रहेको टेलिकमलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
कर्मचारीको सामाजिक सुरक्षाको सुनिश्चितता, आयोजनाको सफल कार्यान्वयन, गुनासोरहित गणस्तरीय दूरसंचार सेवा, सुविधा ग्राहक सामु पुर्याउन कम्पनीले ठोस निर्णय लिनेसमेत विश्वास युनियनले गरेको छ ।
कम्पनीको कर्मचारी विनियमावलीमा व्यवस्था भएबमोजिम तहवृद्धि कार्तिकमा गर्नुपर्नेमा अहिलेसम्म हुन नसकेको, माघ महिनामा दिनुपर्ने तह वृद्धि निवेदन तुरुन्त माग गरी तत्काल माग सम्वोधन गर्न प्रक्रिया अगाडि बढाउन समेत युनियनले अनुरोध गरेको छ ।
कर्मचारी नियमावली संशोधन गर्ने, सामाजिक सुरक्षा लगायतका गतिविधि विधिसम्मत पारदर्शी रुपले पूरा गर्न समेत युनियनले ध्यानाकर्षण गराएको छ ।