व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर : नेता खाँण
रासस,
प्रकाशित २०७५ पुष १५ आइतबार
228
Shares
रुपन्देही। नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गरेका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाए। निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न नेता खाँणले माग गरे।
नेता खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उनले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताए। काङ्ग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको औँल्याए।