arrow

घुससहित वडासचिव काउचा अख्तियारको फन्दामा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ पुष ९ सोमबार
kaucha.jpg

बुटवल ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजारलाइनबाट काउचालाई पक्राउ गरेको हो । काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्ता मा सेवाग्राहीसंग घुस लिएको आरोप छ ।

अख्तियारको टोलीले काउचालाई पक्राउ गरी उनको पसल सिल गर्न लागेको प्रहरीले जनाएको छ । काउचाको बुटवल हाटबजारमा पसल रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ