arrow

कारसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
nawalparasi_paschim.png

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

अरुणखोला–दुम्किबासस्थित जङ्गलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च ६९७६ नम्बरको कारमा सोही दिशातर्फ जाँदै गरेको लु ३१ प ५०७५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक पाल्पा, तिनाउ गाउँपालिका–२, दोभानका १८ वर्षीय आकाश गिरीको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते हुनुभएका गिरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही स्थानका १९ वर्षीय सचिन घर्तीमगर घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ