कांग्रेस महासमितिमा नेविसंघको नेतृत्व महिलालाई दिन माग [भिडियोसहित]
प्रकाशित २०७५ पुष ६ शुक्रबार
401
Shares
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक कहिले सकिन्छ भन्ने टुंगो छैन । कांग्रेसको विधानमा अझै समाधान निस्कन नसकेकाले महासमिति लम्बिँदै गएको छ ।
महासमिति लम्बिँदै जाँदा महासमितिमा विभिन्न मागहरु पनि आउन थालेका छन् । सोही क्रममा नेपाल विद्यार्थी संघको विषय पनि महासमितिमा प्रवेश गरेको छ ।
एक महासमिति सदस्यले महिलाहरुलाई पनि नेविसंघको नेतृत्व दिन माग गरेकी छिन् । महासमिति बैठकमा संवोधन गर्दैै नेविसंघ नेतृ निमा गिरीले नेविसंघको इतिहासमा २० जना अध्यक्ष भएकामा सबै पुरुष रहेकाले अब महिलालाई दिन माग गरिन् ।