तत्कालीन एसपी डिल्ली राज बिष्ट सहित ८ जना विरुद्ध मुद्दा दर्ता
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ पुष ४ बुधबार
300
Shares
पुनर्वास । किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अपराधिको प्रमाण मेटाउने काममा प्रहरी सक्रिय देखिएकोले कारवाहीको माग गर्दै बालिका पन्तकी आमा दुर्गादेवी पन्तले कञ्चनपुरका तत्कालीन प्रहरी एसपी डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
बलात्कारपछि भएको हत्या काण्ड घटनाको अनुसन्धानमा खटिएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक बिष्ट, डीएसपी सहित ८
जनाविरुद्ध मंगलवार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रहरी उपरीक्षक कुबेर कठायतले मुद्दा दर्ता भएकाले कानून अनुसार नै आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने बताए । फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रहरीले हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको अनुसन्धानमा प्रहरीले नै प्रमाण नष्ट गर्ने गरी गम्भीर लापरवाही गरेको भन्दै उजुरी दिएकी हुन् । घटना साउन १० गते घटेपनि प्रहरीले हालसम्म पनि अपराधी पत्ता लगाउन सकेको छैन ।