arrow

‘फेथाइ’ ले बढायो नेपालमा चिसो, यस्तो छ तीन दिने पूर्वानुमान

logo
प्रकाशित २०७५ पुष २ सोमबार
weather.jpg

काठमाडौं । नेपालको मौसम एकाएक परिवर्तन आएको छ । केही दिनदेखि बढेको चिसोमा झन् थप्ने भूमिका ‘फेथाइ’ चक्रवातले गरेको छ । 

बंगालको खाडीमा बनेको चक्रवात ‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ बढ्ने क्रममा रहेकाले यसको आंशिक प्रभाव स्वरुप आइतबार रातिबाट पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

काठमाडौं उपत्यकाका अधिकांश स्थानमा बिहान हुस्सु देखियो । अन्य क्षेत्रमा समेत बाक्लो हुक्सुका कारण जनजीवन प्रभावित भएको छ । तापक्रमसमेत घटेको छ । 

महाशाखाले तीन दिनको पूर्वानुमान पनि जारी गरेको छ । सो अनुसार सोमबार र मंगलबारको मौसम यस्तो छ –

सोमवार–

दिउँसो – देशको पुर्वी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।


रातिः देशभर सामान्य देखि पूर्णतया बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका केहि  स्थानहरुमा तथा पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।

पुस ३ गते (मंगलवार)

दिउँसो –देशको पुर्वी तथा मध्य भूभागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा  हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।


रातिः देशको पुर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशको पूर्वी क्षेत्रका थोरै स्थानहरुमा तथा मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै  स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ