arrow

महासमितिको बैठक सार्थक होस् भन्दै धनकुटामा ब्यानर

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
dhankuta-banner.JPG

धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्यको बैठकलाई सार्थक र सफल बनाउन  शुभकामना व्यक्त गर्दै शुक्रबार धनकुटाको चोक चोकमा प्रचारात्मक अभियान अन्र्तगत ब्यानर राखिएको छ ।

 लामो समयपछि काठमाण्डौमा मंसिर २९ गते देखी पौष ३ गते सम्म हुन गैरहरेको नेपाली कांग्रेसको महासमिति सदस्यहरुको बैठकले  नेपाली कांग्रेसलाई नयाँ सिराबाट संगठित गर्ने नया अवधारणा ल्याउनका लागि विधान लगायत राजनैतिक र आर्थिक दस्तावेजहरु पारित गर्न सफल पार्नका लागि शुभ कामनाा व्यक्त गर्दै प्रचार गर्ने काम सम्पन्न गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

 नेपाली कांग्रेसको महासमितिको बैठकको सफलताको कामना गर्दै धनकुटा बजारको विभिन्न चौकहरुमा व्यानर राखी प्रचार प्रसार गर्ने काम सम्पन्न गरिएको  नेपाली कांग्रेस धनकुटाका सदस्य तथा धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ