arrow

पाल्पाको पूर्वखोलामा जीप दुर्घटना : पाँचको मृत्यु, तीन घाईते (अपडेट)

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार

पाल्पा । पूर्वखोला गाउँपालिका–२, जल्पाको रमितापुरमा जीप दुर्घटना भएको छ । जल्पाबाट माथागढी गाउँपालिका–८, बहादुरपुर तर्फ आउँदै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको र तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा  माथागढी गाउँपालिका ८ बहादुरपुरका २० वर्षका चालक विरेन्द्र राना,  ३३ वर्षकी यानीसरा गाहा,  २४ वर्षकी कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ वर्षकी बुमाकुमारी दर्मामी रहेका छन् ।

 चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा बहादुरपुरकै सुरेन्द्र मश्राङ्गी, देवसिंह राना र सान्ता रुचाल रहेका छन् ।  घाइते सान्त रुचालको तीन दिनकी छोरी भने सकुसल रहेकी छन् ।

 घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप सडकबाट ९ सय मिटर तल खसेको हो  । गाडी अनियन्त्री भई दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ