arrow

भारतको एकाधिकार अन्त्य,चीनबाट इन्टरनेट भित्र्याउँदै टेलिकम

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
इन्टरनेट.jpg.jpeg
काठमाडौं।इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दोर् तथा सस्तो बनाउन मुलुककै ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याउन लागेको छ ।
 
अभियान दैनिकमा समाचार छ-हाल भारततर्फबाट मात्र जोड्न मिल्ने गरी अप्टिकल फइबर सञ्चालनमा रहेकोमा अबको करीब १ महीनासम्ममा चीनतर्फबाट पनि ब्याण्डविथ भित्रिने भएको छ। यससँगै टेलिकम उत्तरतिरबाट ब्याण्डविथ भित्र्याउने नेपालका लागि पहिलो सोवाप्रदायक बन्ने छ ।
 
टेलिकमले चीनतर्फबत्राट ब्याण्डविथ भित्र्याउन अप्टिकल फाइबर जडानको कार्य सम्पन्न गरिसकेको छ । चीनतर्फको फइबर जडानको कार्य सञ्चालनमा आएपछि नेपालका लागि भारतमाथि मात्रै रहेको हालको निर्भरता अन्त्यहुने टेलिकमले जनाएको छ ।
टेलिकमले उत्तरतर्फको इन्टरनेट सेवा सञ्चचालनमा आएपछि टेलिकमको इन्टरनेट सेवाको गुणस्तरमा थप सुधार आउनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ