काठमाडौं । उच्च अदालत पाटनले मुखैमा आइपुगेको अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ ।
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजुले दर्ता गरेको रिटमा उच्च अदालत पाटनले निर्वाचन रोक्न आदेश
दिएको हो । एन्फाको निर्वाचन आउँदो चैत १४ हुने भनिएको थियो । उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले कारण देखाउ भन्दै निर्वाचन नगराउन अन्तरिम आदेश दिएको छ ।
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष सुखजुले एन्फालाई मुख्य विपक्षी बनाई निर्वाचन रोक्न भनि रिट दर्ता गरेका थिए । थिए ।
एन्फाको नयाँ अध्यक्षका लागि पूर्व अध्यक्ष गणेश थापा निकट मणि कुँवर र यसअघि अध्यक्षको चुनावमा पराजय व्यहोरेका कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिएका छन् । उनले यसअघि थापा निकट नरेन्द्रलाल श्रेष्ठसँग चुनाव हारेका थिए । शेर्पाले गणेश थापा पदमा बहाल रहँदै एन्फा सुधारका लागि भन्दै अभियान चलाउँदै आएका छन् ।