arrow

रहेनन् पत्रकार शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
primesh-shiwakoti-patrakar.jpg

काठमाडौँ । पत्रकार प्रिमेश शिवाकोटीको निधन भएको छ । नेपाल प्रेस युनियन रौतहटका अध्यक्षसमेत रहेका अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता शिवाकोटीको ३६ वर्षकै उमेरमा सोमबार बिहान निधन भएको हो । 

चन्द्रपुर नगरपालिका-७ निवासी शिवाकोटी विगत केही समयदेखि मृगौलाको समस्याबाट ग्रसित थिए । उनको चितवन नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । 

उपचार गराएर फर्किएपछि सोमबार आफ्नै निवासमा उनको निधन भएको हो । उनकी श्रीमती र एक छोरी छिन् ।

शिवाकोटीको निधनमा नेपाल प्रेस युनियनले तीन दिन शोक मनाउने निर्णय गरेको छ । शिवाकोटीको अकल्पनीय निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । 

शिवाकोटीको योगदान र संस्थाप्रतिको समर्पणको सम्मान गर्दै नेपाल प्रेस युनियन केन्द्रीय समिति, प्रदेश समिति तथा शाखाहरूले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्ने युनियनका महासचिव दिलिप पौडेलले जनाएका छन् । 

शिवाकोटीले हाम्राकुरामा पनि कलम चलाउने गर्दथे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ