arrow

प्रदेश सभाको गतिरोध अन्त्य गर्न सर्वदलीय कार्यदल गठन

बैठक मंगलबारसम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
madesh-pradesgsabha.jpg

काठमाडौँ । मधेस प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटलाई लिएर विपक्षी दलहरूले गर्दै आएको निरन्तरको अवरोध हटाउन र समस्या समाधानका लागि सात सदस्यीय सर्वदलीय कार्यदल गठन गरिएको 

छ। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख रामअशिष यादवले बजेटमा देखिएका असन्तुष्टि र असमझदारी हटाउन सर्वदलीय कार्यदल गठन गरिएको आधिकारिक जानकारी गराएका हुन्।

यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतोसहित सांसदहरू हरिन्द्र नारायण महतो, प्रमोद कुमार यादव, सञ्जय कुमार यादव, विमला अन्सारी, सरिता कुमारी ठाकुर र जङ्गीलाल राय रहेका छन्। 

सभामुख यादवका अनुसार कार्यदलले आफ्नो कार्यविधि आफैँ तय गर्नेछ। कार्यदलले आजैदेखि आफ्नो जिम्मेवारी सम्हाल्दै काम सुरु गरिसकेको छ भने विवाद समाधानका विषयमा छलफल गर्न सोमबार बिहान कार्यदलको पहिलो औपचारिक बैठक समेत डाकिएको छ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेदेखि नै विपक्षी दलहरूले बजेटमा व्यापक त्रुटि र असमानता रहेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। विपक्षीहरूले बजेट पुनर्लेखन हुनुपर्ने मुख्य माग राख्दै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गरेपछि यो कदम चालिएको हो। 

नवगठित कार्यदलले आन्दोलित तथा असन्तुष्ट राजनीतिक दलहरूसँग आवश्यक समन्वय र संवाद गर्नुका साथै बजेटमा औँल्याइएका त्रुटिहरूको समाधान खोज्दै संसद् सुचारु गर्न सहमतिको वातावरण निर्माण गर्नेछ।

 सर्वदलीय कार्यदल गठन भई संवादको प्रक्रिया अघि बढेपछि मधेस प्रदेश सभाको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ