arrow

चन्द्रनिगाहपुरमा घुमुवा आतंक

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८३ असार २१ आइतबार
munilal-gupta-police-ghumuwa.jpg

रौतहट । पद र शक्तिको दुरुपयोगमा नेपाल प्रहरी लागेको देखिएको छ । सरकार फेरिएसँगै नेपाल प्रहरीमा सादा पोशाकमा खटिएर गोप्य सूचना सङ्कलन गर्ने प्रहरी कर्मचारीलाई “घुमुवा“को आर्थिक आतंकको अर्को पर्याय भन्ने भाष्य सिर्जना भएको छ । 

घुमुवाका नाममा  बढ्दो आर्थिक आतंक र त्रासले सामाजिक जनजीवननै प्रभावित बनाएको छ । अनुसन्धानका लागि महत्वपूर्ण मानिए पनि पछिल्लो समयमा तस्करहरूसँग रकम असुली, व्यापारीमाथि धरपकड र गैरकानूनी गतिविधिमा संलग्न भएको भन्दै व्यापक जनगुनासो बढेको छ ।
 
त्यसमाथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको रबैया कमाउ र दुःख देउ भन्ने छ । सो कार्यालयमा कार्यरत वरिष्ठ हवल्दार मुनिलाल गुप्ताले आफ्नो पदीय मर्यादा बिर्सेर आफ्नो कार्यालय प्रमुखसँग ढाँटेर अवैध असुली जारी राखेका छन् । 

एक स्थानीय ब्यापारीले  उनी हरेक बिहान, बेलुका आउने र हाकिमको आदेश छ भन्दै प्रहरी कार्यालय आउ नत्र थुनिदिने भन्दै धम्काउने गरेको गुनासो गरे ।

नाम उल्लेख नगर्ने सर्तमा उनले आफूलाई ५० किलोग्राम गाजा पक्राउ गरि दे अन्यथा मुद्दा लगाएर थुनाउँछु भन्नेसमेत बताएको जानकारी दिए । 

नेपाल प्रहरीमा वर्षौंदेखि जरा गाडेर बसेका घुमुवा प्रहरीका कारण संगठनकै बदनाम हुने गरेकाले विभिन्न प्रदेश तथा जिल्लाहरूमा सादा पोशाकका घुमुवा प्रहरी पूर्ण रूपमा खारेज गर्ने निर्णय गरे पनि कार्यालय प्रमुखले आफ्नो अनुकूलका प्रहरी राखेर आर्थिक आतंक मच्याउने गरेको आरोप स्थानीय ब्यापारीहरूले लगाएका छन् ।
 
मधेस प्रदेश, काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा गैरव्यावसायिक गतिविधिमा संलग्न र तोकिएको मापदण्ड विपरीत खटिएका सयौँ घुमुवाहरूलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीमुक्त गर्दै हेडक्वार्टर तानेको लामो समय बित्दासमेत मधेस प्रदेशमा घुमुवा आतंक जारी छ ।
 
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनमा सादा पोशाकमा प्रहरी परिचालन गर्न कडाइका साथ रोक लगाइएको छ । तैपनि रौतहटका केही स्थानमा यस्ता गतिविधि लुकीछिपी चलिरहेको छ । 

सादा पोशाक वा घुमुवा जे परिभाषित गरे पनि हाकिमको निर्देशनमा चल्ने आर्थिक संचालकका रुपमा उनिहरुलाई स्थानीयले हेर्ने गरेका छ्न् । 

यसै यस विषयमा जिल्ला प्रहरी प्रमुख सितराम रिजालले सादा पोसाकका प्रहरी जिल्लाले नखटाएको बताउँदै कोही कार्यालय प्रमुखले खटाएको भेटीए प्रहरी नियमावली अनुसार कारवाही हुने बताए ।

जिल्लालाई शान्त राख्न अहोरात्र प्रहरी खटिने हुँदा १-२ जना आपराधिक तत्वको प्रभावमा परेको गुनासो आफू ले पनि सुनेकाले कारबाही अगाडि बढाइने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ