arrow

मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
accident-final.jpg

निजगढ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । 

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । मृतकमध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ ।

प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीतपुरसिमरा १ पथलैया घर भई हाल काठमाडौँ बसोबास गर्ने २० वर्षीय सभ्य अधिकारी र मोेटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन् । पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए । 

दुर्घटनामा गम्भीर भएका तीनै जनालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये जोशी र अधिकारीको शव बयोधा अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ