arrow

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा दाहसंस्कार [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
ganesh-nepali-funeral-83-3-29 (1).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गत असार २५ गते आत्मदाह प्रयासपछि उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएका गणेश नेपालीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले सोमबार शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

दाहसंस्कारमा उल्लेख्य मात्रामा सर्वसाधारणको सहभागिता रहेको थियो । 

असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए ।

त्यसपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो । उनको आत्मदाहपछि विभिन्न दृष्टिकोणबाट बहस चलिरहेको छ । नगर प्रहरीको भूमिका नागरिकलाई सेवा दिने भन्दा पनि कारबाही गर्न उद्धत रहेको भनी आलोचना भइरहेको छ । 

त्यस्तै रोजगारी बढाउनु भन्दा सरकार कसरी राजस्व बढाउन सकिन्छ भनी लागेकाले यस्ता घटनाहरू बढ्ने तर्कसमेत भइरहेको छ । नेपालबाट गरिबी हटाउने भन्दा पनि गरिब घटाउनतर्फ सरकार लागेको पनि आरोप छ । 

ganesh-nepali-funeral-83-3-29 (2).jpeg
ganesh-nepali-funeral-83-3-29 (3).jpeg
ganesh-nepali-funeral-83-3-29 (4).jpeg
ganesh-nepali-funeral-83-3-29 (5).jpeg
ganesh-nepali-funeral-83-3-29 (6).jpeg
ganesh-nepali-funeral-83-3-29 (7).jpeg
ganesh-nepali-funeral-83-3-29 (8).jpeg
ganesh-nepali-funeral-83-3-29 (9).jpeg
ganesh-nepali-funeral-83-3-29 (10).jpeg
ganesh-nepali-funeral-83-3-29 (11).jpeg
ganesh-nepali-funeral-83-3-29 (12).jpeg
ganesh-nepali-funeral-83-3-29 (13).jpeg
ganesh-nepali-funeral-83-3-29 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ