मिटरब्याज विरुद्धको पैदल न्याय मार्च चौथो दिनमा, लालबन्दीबाट काठमाडौँ लाग्यो [तस्बिरहरू]
न्यायको खोजीमा जनकपुरबाट निस्किएका सयौँ सहभागीहरूको साथमा "चुपचाप तमसुक फाड" र "अधिकार माग्न काठमाडौँ जान पर्दैन" जस्ता नारा लेखिएका प्लेकार्डहरू
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
255
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
लालबन्दी । जनकपुरबाट असार २५ गतेदेखि शुरू भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिन लालबन्दीबाट अघि बढेको छ।
राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन् ।
न्यायको खोजीमा निस्किएका सयौँ सहभागीहरूले "चुपचाप तमसुक फाड" र "अधिकार माग्न काठमाडौँ जान पर्दैन" जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन् ।
उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अगाडि बढिरहेका छन् ।
आयोजकहरूको भनाइअनुसार सरकारले चार पटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले बालेन सरकारलाई दबाब स्थापना गर्न फेरि काठमाडौँ गुन्जायमान बनाउनुपर्ने अवस्था आएको छ।