बेथा मिटरब्याज पीडितकाः बालेन सरकारलाई झक्झक्याउन जनकपुर-काठमाडौँ पैदल मार्च [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
379
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
जनकपुर । मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै मिटरब्याज पीडितहरू जनकपुरबाट काठमाडौँ आउँदैछन् । उनीहरू बिहीबार जनकपुरबाट पैदल मार्च गर्दै हिँडेका थिए ।
सरकारले उनीहरूका माग नसुनेपछि पीडितहरूले पैदल यात्रा थालेका हुन् । मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा शुरू भएको पैदल 'न्याय मार्च' काठमाडौँ पुग्ने बताइएको छ ।
मिटरब्याजविरुद्ध सरकारलाई घच्घच्याउन उनीहरू मधेस प्रदेशको राजधानी जनकपुरबाट संघीय राजधानी काठमाडौँ पैदल हिँडेका हुन्। उनीहरू बिहीबार जनकपुरधामको तिरहुतियागाछीबाट कार्यक्रम गरेर साँझ ५ बजे हिँडेका थिए ।
एक सातामा उनीहरू काठमाडौँ आइपुग्ने अनुमान गरिएको छ । सरकारले चार पटक सहमति गरेर पनि कार्यान्वयन नभएपछि दबाबका लागि फेरि काठमाडौँ जानुपरेको उनीहरूको भनाइ छ।