अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
299
Shares
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका-८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुईटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको हो।