माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
276
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । 'गणेश नेपालीको मृत्युको जिम्मेवार बालेन सरकार’ भन्दै माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन भएको छ । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सहभागीहरूले “गणेश नेपालीको हत्यारा बालेन सरकार हो” लगायतका नारासहित विरोध जनाएका थिए ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई अघि बढ्न नदिई रोक्ने प्रयास गरेको थियो ।