arrow

नगर प्रहरी गणेश नेपाली घटनापछि सडकबाट गायब, अव्यवस्थित पार्किङ फेरि बढ्यो [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
metro-police-lack-in-road (6).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । केही दिन अघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेका देखिन्थे । 

शुक्रबारदेखि भने नगर प्रहरी सडकबाट पछि हटेका छन् । आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ।

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ। 

उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरी कर्मचारीले बताए।

उनका अनुसार, "ज्यानकै जोखिम हुन सक्ने अवस्था देखिएकाले अहिले हामी नियमित रूपमा सडकमा ड्युटी गरिरहेका छैनौँ।"

नगर प्रहरी सडकमा नदेखिएपछि काठमाडौँका विभिन्न स्थानमा अव्यवस्थित पार्किङ फेरि बढ्न थालेको छ। 

विशेषगरी राइड सेयरिङ चालकहरूले सडक किनारमै सवारी पार्किङ गर्ने, यात्रु कुरेर लामो समय रोक्ने तथा मोबाइल प्रयोग गर्दै सडक नै ओगट्ने गरेका दृश्यहरू देखिन थालेका छन्।

यसका कारण सवारी आवागमन प्रभावित हुनुका साथै सडकमा ट्राफिक जाम र अव्यवस्था बढेको स्थानीयले बताएका छन्।
 

metro-police-lack-in-road (2).jpg
metro-police-lack-in-road (3).jpg
metro-police-lack-in-road (4).jpg
metro-police-lack-in-road (5).jpg
metro-police-lack-in-road (6).jpg
metro-police-lack-in-road (7).jpg
metro-police-lack-in-road (8).jpg
metro-police-lack-in-road (9).jpg
metro-police-lack-in-road (10).jpg
metro-police-lack-in-road (11).jpg
metro-police-lack-in-road (12).jpg
metro-police-lack-in-road (13).jpg
metro-police-lack-in-road (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ