काठमाडौँ र पूर्वी नेपाल जोड्ने साँगा अन्डरपास निर्माण अन्तिम चरणमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
438
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । पूर्वी नेपालबाट काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाका साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब ९५ प्रतिशत सम्पन्न भएको छ ।
मुख्य संरचना र पहुँचमार्ग (एप्रोच सडक) निर्माणको काम पूर्ण रूपमा सकिएसँगै अब यहाँको यात्रा थप सहज र सुरक्षित हुने भएको छ। अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाकै सबैभन्दा महत्त्वपूर्ण र आकर्षक हिस्सा मानिएको यो आधुनिक संरचनाले विगतमा यात्रीहरूले भोग्दै आएको सास्तीलाई इतिहास बनाउने विश्वास गरिएको छ।
भौगोलिक र इन्जिनियरिङ दृष्टिले व्यवस्थित रूपमा डिजाइन गरिएको यस अन्डरपासको कुल लम्बाई १ हजार १ सय १० मिटर रहेको छ।
आयोजनाको पछिल्लो अवस्था अनुसार सडक संरचनामा कुल लम्बाईमध्ये बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटरको 'एप्रोच सडक' समावेश छ।
मुख्य अन्डरपासमा यसको मुख्य संरचना १८ मिटर लामो छ । जसको उचाई ६ मिटर र चौडाई साढे १० मिटर रहेको छ।