arrow

विश्वकप फुटबलमा अमेरिका र बेल्जियम मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
wcf-2026-usa-belgium-16qqq.jpg

काठमाडौँ । विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलमा अहिले अमेरिका र बेल्जियम भिडिरहेका छन् । अमेरिका तेस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न चाहन्छ । 

अमेरिका सन् १९३० को पहिलो संस्करण र सन् २००२ मा क्वार्टरफाइनलमा पुगेको थियो । 

बेल्जियम भने दुई पटक सेमिफाइनलमा पुगेको छ । सन् २०१८ को विश्वकपमा तेस्रो भएको बेल्जियम १९८६ मा चौथो भएको थियो । 

को को पुगे क्वार्टरफाइनलमा ? 

यसअघि नर्वे, मोरक्को र इङ्गल्याण्ड र स्पेन क्वार्टरफाइनलमा पुगिसकेका छन् । 

क्यानाडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगेको हो । 

त्यस्तै ब्रजिललाई २–१ ले हराउँदै नर्वे चौथो सहभागितामा पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । 

त्यस्तै इङ्गल्याण्डले मेक्सिकोलाई ३–२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनायो । 

स्पेनले पोर्चुगललाई १–१ ले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गर्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ