ट्रम्पले विश्वकपका विवादित रेफ्रीबारे भने - विगत अत्यन्त शङ्कास्पद
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
717
Shares
तस्बिर : फाइल
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको बताएका छन् ।
ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय पुनरावलोकन गर्न दबाब दिएको बचाउ गर्दै भने, “यो रेफ्रीको विगत जाँच गर्दा अलिकति शङ्कास्पद देखिन्छ । म विवाद सिर्जना गर्न मन पराउँदिन, त्यसैले म सबै कुरा भन्न चाहन्न । तर उहाँ अत्यन्त शङ्कास्पद देखिनुभएको छ ।”
ब्रजिलका रेफ्री राफेल क्लाउसले अमेरिकी स्टार बालोगुनले ‘ट्याकल’ गर्ने क्रममा प्रतिद्वन्द्वी खेलाडीको खुट्टाको गोलिगाँठामा कुल्चिएपछि रेफ्रीको अधिकारी प्रयोग गर्दै उनलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए ।
विश्वकप फुटबलमा ट्रम्पले हस्तक्षेप गरेको आरोपसमेत छ । विश्वकप अमेरिका, मेक्सिको र क्यानाडाको सहआयोजनामा भइरहेको छ ।