arrow

स्पेन विश्वकपको क्वार्टरफाइनलमा, बाहिरियो पोर्चुगल 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
wcf-2026-spain-portugal-16.jpg

काठमाडौँ । स्पेन विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनलको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेनले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

अमेरिकाको डलास खेल मैदानमा आज बिहान सम्पन्न भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए । 

यो जितसँगै स्पेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको यात्रा समाप्त भएको छ । 

स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन । 

अन्तिम समयमा विजयी स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । योसँगै पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि सकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ