arrow

सरकारलाई सभामुखको रुलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
dp-aryal-22.jpg

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका समसामयिक र जनसरोकारका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन (रुलिङ) गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका गम्भीर विषयहरूमा सरकारलाई जवाफदेही बन्न निर्देशन दिएका हुन्। सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भलाई जोड्दै सभामुखले यस्तो रुलिङ गरेका हुन्।

यसका साथै सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। मनसुनजन्य जोखिम बढेसँगै हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसद्लाई तत्काल अवगत गराउनुपर्नेमा उनले जोड दिए।

बैठकमा रुलिङ गर्दै सभामुख अर्यालले भने, ‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ