काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा सल्लाहकार नियुक्तिलाई लिएर उठेका प्रश्नहरूको स्पष्टीकरण दिँदै नियुक्त भएका पाँचजना सल्लाहकारमध्ये एक जना मात्र वैतनिक रहेको दाबी गरेका छन्।
सरकारले देशव्यापी रूपमा खर्च कटौतीको नीति अवलम्बन गरिरहेको सन्दर्भमा मन्त्रालयमा सल्लाहकार भर्ना गरिएको भन्दै आलोचना भएपछि उनले यस्तो स्पष्ट पारेका हुन्।
मन्त्री पोखरेलका अनुसार मन्त्रालयको कामलाई व्यवस्थित र विज्ञतापूर्ण बनाउन पाँचजना सल्लाहकार नियुक्त गरिए पनि बाँकी चार जनाले अवैतनिक (पारिश्रमिक नलिने) रूपमा सेवा दिइरहेका छन्।
केवल एक जना सल्लाहकारले मात्र सरकारी सेवा-सुविधा लिने भएकाले यस नियुक्तिबाट राज्यकोषमाथि कुनै उल्लेख्य आर्थिक भार नपर्ने उनले स्पष्ट पारेका छन्।