arrow

राष्ट्रिय सभा

सांसद विश्वकर्माको प्रस्ताव - मन्त्री र सांसदहरूलाई गाडी होइन, साइकलको व्यवस्था गरियोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
bishnu-bd-bishwakarma.jpg

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभा सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्री र सांसदहरूका लागि गाडीको सट्टा साइकलको व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन्।

 बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले अर्बौँ मूल्यका नयाँ गाडीहरू खरिद गर्न लागेको समाचारप्रति आपत्ति जनाउँदै यस्तो माग गरेका हुन्।

वर्तमान सरकारका मन्त्री र सांसदहरू 'जेन-जी' पुस्ताका भएकाले उनीहरू साइकलमै आवतजावत गर्न उपयुक्त हुने उनको जिकिर छ। "अर्बौँका गाडी जलाएर खरानी बनाउनेहरूले नै फेरि नयाँ गाडी किन्न खोज्नु विडम्बना हो," सांसद विश्वकर्माले आक्रोश पोख्दै भने, "देशमा सुकुम्बासीहरू खाना नपाएर तड्पिरहेका छन्, नागरिक सिटामोल नपाएर मरिरहेका छन्; यस्तो बेला सरकार आफ्नो सुखसयलका लागि गाडी किन्न व्यस्त छ।" 

उनले सुशासनको नारा दिने सरकारले सोही अनुसारको आचरण देखाउन नसकेको आरोप समेत लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ