arrow

एघार दिनदेखि आन्दोलन जारी

सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरूलाई प्रहरीले रोक्यो बीच बाटोमै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
dristibihin-.jpg

काठमाडौँ । काठमाडौँको माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीन आन्दोलनकारीहरूलाई प्रहरीले बीच बाटोमै रोकेर फर्काएको छ। लामो समयदेखि माइतीघरमा धर्ना दिँदै आएका दृष्टिविहीनहरूले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले बिहीबार सिंहदरबार घेराउ गर्ने रणनीति बनाएका थिए।

सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक काम गर्दै आएका दृष्टिविहीनहरूले सरकारले आफूहरूलाई व्यवसाय गर्न नदिएको भन्दै विगत ११ दिनदेखि धर्ना दिइरहेका छन्।

उनीहरूले दृष्टिविहीनहरूको सम्मानजनक व्यवस्थापन गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा रोजगारीको अवसर दिनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको सडक सङ्गीत जस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने माग राखेका छन्।

आन्दोलनकारी साधन सुब्बाका अनुसार माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ। उनले बुधबार नेकपा एमालेको पार्टी कार्यालय अगाडि दिएको धर्ना सफल भएको र एमालेले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको भए पनि धर्नाका क्रममा सहज वातावरण भने नबनाइदिएको गुनासो गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ