काठमाडौं। भ्रष्टाचारविरुद्धको आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन रबरको गोली चलाएको छ। गोली लागेर एक पत्रकारसहित चार जना घाइते भएका छन्।
घाइते हुनेमा कान्तिपुरका सञ्चारकर्मीसहित तीन जना विद्यार्थी रहेका छन्। घटनापछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
प्रदर्शनकारीहरू संसद भवनभित्रै प्रवेश गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कर्फ्यू आदेश जारी गरेको छ।