arrow

सरकारले नैतिक वैधानिकता गुमायो - शान्ति समाज

युवामाथि अन्धाधुन्ध गोली प्रहार गरी नागरिकलाई मारेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
genz-82-5-23vbvvfv.jpg

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले जेन-जी पुस्ताको विरोध प्रदर्शनका क्रममा भएको मृत्यु र घाइतेका घटनाप्रति गम्भीर निन्दा गरेको छ। समाजले सरकारले भ्रष्टाचार लुकाउन र सामाजिक सञ्जालमाथि स्वेच्छाचारी प्रतिबन्ध लगाएको विरोधमा उत्रिएका युवामाथि अन्धाधुन्ध गोली प्रहार गरी नागरिकलाई मारेको आरोप लगाएको छ।

समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "२०८२ भदौ २३ गते देशभर भएको विरोध प्रदर्शनका क्रममा काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर एक दर्जनभन्दा बढी (समाचारअनुसार १४ जना) को मृत्यु भएको र पत्रकारसहित दर्जनौं घाइते भएको घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध र मर्माहत भएको छ।"

समाजका अनुसार, आफ्नो भ्रष्टाचार लुकाउन नागरिक मार्ने काम बर्बर र जघन्य अपराध हो। "नागरिकमाथि क्रूरता प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुन सक्दैन, त्यसैले यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको छ," विज्ञप्तिमा उल्लेख छ। समाजले यसका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने माग गरेको छ।

समाजले स्वाभिमानी युवाहरू भ्रष्टाचारबाट मुक्ति, सुशासन र स्वतन्त्रता चाहने भन्दै यस्तो आन्दोलनमाथि दमन गर्न नहुने मान्यता राखेको छ। साथै, आन्दोलनकारीलाई तोडफोड र अराजकताबाट टाढा रही संयमित रूपमा प्रदर्शन गर्न आग्रह पनि गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ