सहमतिको आठ घण्टामै इजरायलले तोड्यो लेबनानसँगको युद्धविराम
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
505
Shares
वाशिंगटन डीसी । इजरायल र हिजबुल्लाहले शुक्रबार गरेको युद्धविरामको सहमति इजरायलले तोडेको छ । सहमति गरेको त्यसको ८ घण्टापछि नै इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको हो ।
अल जजीराका अनुसार इजरायली सेनाले नाबाहिता क्षेत्रमा ड्रोन र तोपखानाबाट आक्रमण गरेको हो । जसमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले आफ्नो सुरक्षामा सम्झौता नगर्ने बताएका छन् । उनले भने कि इजरायलले गाजा र लेबनानमा आफ्नो सैन्य कारबाही जारी राख्नेछ ।
अर्कोतर्फ सीएनएनका अनुसार विशेष दूत स्टिव विटकफ अमेरिका र इरान बीचको शान्ति सम्झौतापछि थप सर्तहरू वार्ता गर्न शनिबार स्वीट्जरल्याण्ड गएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि यस वार्तामा सामेल हुन सक्छन् । इरानका विदेशमन्त्री अब्बास अराघची पनि आज यो वार्तालापको लागि स्वीट्जरल्याण्ड पुग्न सक्छन्।