arrow

पैतालीस दिनको युद्धविराम विस्तारमा इजरायल–लेबनानबीच सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
iran-israel-lebanon-war-26-3-3.jpg
तस्बिर : फाइल

वाशिङ्टन । लेबनानमा जारी इजरायली आक्रमणको बीचमा इजरायल र लेबनान आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउँदै आगामी जुन २–३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिएका छन् ।  यसैबीच मे –२९ मा पेन्टागनमा “सुरक्षा ट्र्याक“ शुरू हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारीहरू उपस्थित हुने जनाइएको छ ।

छलफलले दुई देशबीच स्थायी शान्तिलाई अगाडि बढाउने, एक अर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पूर्ण मान्यता दिने र उनीहरूको साझा सीमामा वास्तविक सुरक्षा स्थापना गर्ने पिगटलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

इजरायलले शुक्रबार दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएपछि युद्व विराम प्रयास गरिएको लेबनानको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजिराले रिपोर्ट गरेको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि इजरायलले गरेको आक्रमणमा दुई हजार ९५१ जनाको मृत्यु भएको छ ।

यद्यपि जारी शान्ति वार्ताकोबीचमा, हेजबुल्लाहले बुधबार दक्षिणी लेबनानमा इजरायली सैन्य केन्द्र सवारी साधनहरूलाई लक्षित गरी १७ वटा अपरेसन गरेको इरानी मिडियाले जनाएको छ ।

अपरेसनहरूमा आठ वटा ड्रोन आक्रमण, पाँचवटा क्षेप्यास्त्र वा रकेट आक्रमण, एउटा तोपखाना आक्रमण र एउटा निर्देशित क्षेप्यास्त्र प्रक्षेपण समावेश रहेको मिडियाले जनाएको छ ।

यसैबीच इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले आफ्नो आधिकारिक टेलिग्राम च्यानल मार्फत केही समय अघि दक्षिणी लेबनानमा आईडीएफ सैनिकहरू क्षेत्रमा पहिचान गरिएको हवाई लक्ष्य तर्फ इन्टरसेप्टर प्रक्षेपण गरिएको जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ