arrow

इजरायली आक्रमणमा परी लेबनानमा छ जनाको मृत्यु, ३४ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
israel-palestine-lebanon-co.jpg

बेरुत । दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणका कारण बुधबार छ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टायर सहरको अल–कलामलाई लक्षित गरी गरेको हवाई आक्रमणको कारण  २४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । देशको दक्षिणमा रहेको आवासीय अपार्टमेन्टमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको हुनुका साथै अन्य चार जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

एड्लुनको सिडोन जिल्लामा भएको इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको जनाइएको छ । टायर जिल्लाको अल–क्लैलाहा सहरलाई लक्षित गरी गरिएको अर्को आक्रमणमा पाँच जना घाइते भएको उल्लेख छ ।

मानवीय र सुरक्षा अवस्था बिग्रँदै गएको चेतावनीसहित दक्षिणी क्षेत्रमा जारी तनावको बिचमा यी हवाई आक्रमणहरू भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ