भूमि आयोगका पूर्वपदाधिकारीहरूको प्रश्नः सेनाको आडमा डोजर आतंक किन ?
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
699
Shares
काठमाडौँ। राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुमवासी बस्तीहरूमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन् ।
उनीहरूले तीन लाख भूमिहीन तथा सुकुमवासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको गैरजिम्मेवारी कदम भएको बताए ।
राष्ट्रिय भूमि अयोगका पूर्व अध्यक्ष केशव निरौलाले राज्यका हरेक नागरिकको अवासको संवैधानिक अधिकारविरुद्ध बालेन सरकारकारले सुकुमवासी बस्तीमा डोजर लागएको भन्दै अक्रोश व्यक्त गरे ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धन सरकारको पालमा अयोगको अध्यक्षको भूमिकामा रहेको बेलामा धेरैलाई लालपूर्जा वितरणको प्रक्रिया बढाएको निरौलाको दाबी छ ।
‘हामीले तीन लाख बढीलाई लालपूर्जा वितरणको लागि तयारी गर्दै गर्दा संसद विघटन भयो, भूमिहीन तथा सुकुम्बासीको स्वामित्वमा जमिन आउनै लाग्दा खुला आकाशमा धकेल्न सरकारलाई लाज लाग्दैन’, निरौलाले प्रश्न गरे ।
नेपाली कांग्रेसका नेतासमेत रहेका निरौलाले सरकारको असंवैधानिक कदमविरुद्ध आफूहरूले संघर्ष गर्ने घोषणासमेत गरेको जनाए ।
भूमि समस्या समाधान अयोगका पूर्वअध्यक्ष हरि रिजालले विनाविकल्प तथा पूर्वसूचना नै बस्तीमा डोजर लगाउनु असंवैधानिक र अमानवीय कदम भएको बताए।
सुकुमवासी समस्यालाई रास्वपा सरकारले हल्का र सस्तो लोकप्रियताको विषय बनाएको बताउँदै रिजालले भने, ‘शहरको सौन्दर्यता संरक्षणका नाममा होचा-निमुखा जनतामाथिको बराबर आतंकलाई सहन सकिन्न ।’
नेकपा एमालेका नेतासमेत रहेका रिजालले तत्कालिन नेकपा तथा केपी ओली नेतृत्वको सरकारले भूमि ऐन आठौँ संशोधन गरेर भूमिहीन तथा सुकुमवासी समस्या समाधन प्रक्रिया अघि बढेको जनाए ।
रिजालले भूमि आयोगको सूचना प्राणालीमा १२ लाख २० हजार एक सय ९४ परिवारलेको निवेदन लगत प्रविष्टि भएको, जसमध्ये ९९ हजार तीन सय १९ भूमिहीन दलित, एक लाख ८१ हजार पाँच सय ५६ भूमिहीन सुकुमवासी र नौ लाख ३४ हजार पाँच सय ६४ अव्यवस्थित बसोबासी परिवार रहेको जनाए।
विस्तारै भए पनि नयाँ संविधान जारी भएपश्चात गठन भएका आयोगले राम्रो काम गरेको बताउँदै भने, ‘नाै हजार तीन सय परिवारलाई जग्गाधनी प्रमाणपूर्जा दिएका छौँ, जसको दस्तुरबापत एक अर्ब १६ करोड ९१ लाख ४६ हजार चार सय ८७ रुपैयाँ राजश्व संकलन भएको छ ।’
राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले सर्वोच्च अदालतले सुकुमवासी बस्तीमा भइरहेको जबर्जस्ती डोजर रोक्न अन्तरिम आदेशकोसमेत सरकारले उल्लङ्घन गरेको भन्दै आक्रोश व्यक्त गरे ।
बालेन सरकारले देशभर गैरकानूनीरुपमा बस्तीबाट जनतालाई हट्न उर्दी जारी गरेको बताउँदै खड्काले भने, ‘विना विकल्प बुलडोजर आतंक किन, त्यति मत्रै हैन स्थानीय सरकार प्रमुखलाई सेनाले धम्काउने गरेको विषयले सेनाको भूमिका शंकस्पद बनेको छ ।’
नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खड्काले कांग्रेस, एमाले र आफ्नो पार्टीले सरकारी असंवैधानिक कदमको संयुक्तरुपमा प्रतिवाद गर्ने तयारी गरेको जानकारी दिए ।