arrow

लेदो र सुख्खा पहिरो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
bp-highway-land.jpg

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा, गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा खसेको पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको अविरल वर्षाका कारण सडकमाथिबाट लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो। सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने कार्य सम्पन्न भएपछि केहीबेरअघि मात्रै यातायात दुवैतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

राजमार्ग खुलेसँगै लामो समयदेखि बीच बाटोमै रोकिएका सवारीसाधन र यात्रुहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्। सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधनहरू सिन्धुलीको खुर्कोटमा र काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधनहरू काभ्रेको भकुण्डे क्षेत्रमा लामबद्ध भएर रोकिएका थिए।

सडक खुले पनि वर्षायामका कारण उक्त सडक खण्ड अझै जोखिमपूर्ण अवस्थामै रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न प्रहरीले सम्पूर्ण चालक तथा यात्रुहरूलाई विशेष आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ