काठमाडौँ । रुकुम पूर्वमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपरान्ह ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
अपरान्ह साढे ४ बजे वर्षा भइरहेका बेलामा कोल आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले असर पारेको हुन सक्ने आँकलन गरिएको छ । यद्यपि क्षतिको बारेमा कुनै जानकारी आइसकेको छैन ।
भूकम्पको धक्का रुकुम पश्चिम, रोल्पा, बागलुङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।