कृषि समितिको बैठक बस्दै, मन्त्रालयको प्रगति र कार्ययोजनामाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
770
Shares
काठमाडौँ । संघीय संसद् अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ।
संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा सुरु हुने तय भएको छ।
आजको बैठकको मुख्य एजेन्डा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यसम्पादनसँग सम्बन्धित रहेको छ।
बैठकमा मन्त्रालयको परिचय, हालसम्म भएका कामकारबाही, चालु आर्थिक वर्षको प्रगतिको समीक्षा र आगामी कार्ययोजनाका बारेमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ।
मुलुकको कृषि क्षेत्रमा देखिएका समस्या र बजेट कार्यान्वयनको अवस्थाबारे समितिले मन्त्रालयसँग जवाफ माग्ने र आवश्यक निर्देशन दिने अपेक्षा गरिएको छ।