arrow

प्रतिपक्षको विरोधबीच सभामुखले चलाए संसद [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार

काठमाडौँ । प्रतिपक्षको विरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद बैठक अगाडि बढाएका छन् । प्रतिपक्ष दलहरूले भने निरन्तर नाराबाजी गरेर संसदलाई प्रभावित गरेका छन् ।

कार्यसूची अगाडि बढाएर निरन्तर अर्याल अगाडि बढेका हुन् । विभिन्न विधेयक धमाधम पारित गर्ने क्रम चलिरहेको छ । श्रम संस्कृति पार्टीले बैठक बहिस्कार गरेको छ भने अन्य प्रतिपक्ष दलहरूले वेल घेराउ गरेका छन् । 

नाराबाजी गरिरहेका छन् । 

सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई संसदमा अनिवार्य उपस्थित भएर सांसदहरूका जिज्ञासाको जवाफ दिन रुलिङ नगर्दा संसद बैठक अवरुद्ध हुँदै आएको छ । 

संसद नियमावलीको स्पष्ट व्यवस्थाअनुसार प्रधानमन्त्रीले हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीले सांसदहरूका जिज्ञासाको जवाफ दिनुपर्छ । 

तर बालेन अहिलेसम्म संसदमा उपस्थित भएर एक पटक पनि सम्बोधन नगरेपछि प्रतिपक्ष दलका सांसदहरूले बालेनलाई संसदमा उपस्थित भएर जवाफ दिन माग गरिरहेका छन् । 

यता सभामुखले पनि यो नियमावलीलाई मिच्दै प्रधानमन्त्री बालेनलाई संसदमा आएर जवाफ दिन रुलिङ गरिरहेका छैनन् । 

सोही कारण संसद बैठक अवरुद्ध हुँदै आएको छ । बिहीबार दिउँसो पनि बालेन नआएसँगै बैठक अगाडि बढ्न सकेन । तर केही समयको अवरोधपछि फेरि संसद जबरजस्ती चलाउँदै अगाडि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ