एमालेसँगको सहकार्य टुट्दैन : कांग्रेस सहमहामन्त्री रसाइली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
687
Shares
धनगढी। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले सुदूरपश्चिम प्रदेशमा अहिलेकै सत्ता गठबन्धन कायम रहने बताएका छन् ।
शनिबारदेखि धनगढीमा हुने कांग्रेसको प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री रसाइलीले तत्काल सरकार नढल्ने सत्ता गठबन्धनमा पनि कुनै हेरफेर नहुने स्पष्ट पारेका हुन् ।
रसाइलीले मुख्यमन्त्रीका बारेमा पार्टीमा कुनै छलफल नभएको समेत बताए ।
कांग्रेसले आयोजना गर्ने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेता सहभागी हुनेछन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट फागुन २१ गते सम्पन्न निर्वाचनमा विजयी भएका तथा पराजित उम्मेद्वार, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहने रसाइलीले बताए ।