काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन 'नेपाल दलित संघ' को केन्द्रीय अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामु नियुक्त भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले उनलाई सो पदमा नियुक्त गरेका हुन्। सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रामुदामुलाई यो जिम्मेवारी सुम्पिएका हुन्।
नवनियुक्त अध्यक्ष रामुदामुलाई तोकिएको निश्चित समयसीमाभित्र संगठनको केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ।
महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय कार्यालयले उनलाई ११ बुँदे स्पष्ट कार्यादेश (
र कार्यविवरणसमेत प्रदान गरिसकेको नेपाली कांग्रेसले जनाएको छ।