arrow

रातो मच्छिन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने, जात्राको साइत तय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
macchendra-naths.jpg

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ। 

ज्योतिषी महेश मङ्गल जोशीले मच्छिन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिएका हुन्।

हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको रथलाई सोही दिनको साइतमा तानेर जावलाखेल पुर्‍याइनेछ। परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गरेका हुन्।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ। यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो र महत्त्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक मानिन्छ। 

रथ जावलाखेल पुगेपछि भोटो जात्राको तयारी तीव्र पारिने र सोही दिन राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ